यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१८ जेठ २०७९ ८:४८
556
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ९३ पैसा र बिक्री दर १२४ रुपैयाँ ५३ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५८ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५६ रुपैयाँ १६ पैसा र बिक्री दर १५६ पैयाँ ९२ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर १२९ रुपैयाँ ७७ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ०४  पैसा र बिक्री दर ८९ रुपैयाँ ४७ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ २३ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ६९ पैसा र बिक्री दर ९ रुपैयाँ ७३ सा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६१ पैसा र बिक्री दर १८ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०४ र बिक्री दर ३३ रुपैयाँ २० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९१ पैसा र बिक्री दर ३४ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०१ पैसा र बिक्री दर १० रुपैयाँ ०५ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.