दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
१८ जेठ २०७९ १०:०१
236
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा सपोर्ट लघुवित्त वित्तीय संस्था र नेको इन्स्योरेन्स कम्पनी रहेको छ।

सपोर्ट लघुवित्तको १ लाख ९८ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष  २०७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

त्यस्तै,नेको इन्स्योरेन्सको २२ लाख ८२ हजार ४५०.६१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत गरेको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.