वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक

डिसी नेपाल
१८ जेठ २०७९ १३:२५
124
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० करोड बराबरको ‘वैदेशिक रोजगार बचतपत्र, २०८४’ आजदेखि बिक्री शुरु गरेको छ । वार्षिक १२.५ प्रतिशत ब्याज दिने गरी बैंकले उक्त बचतपत्र बिक्री गर्न लागेको हो । उक्त बचतपत्र यही असार ६ गतेसम्म बिक्री हुने बैंकले जनाएको छ ।

बैंकले घटीमा १० हजारदेखि बढीमा १० हजारले भाग गर्दा निशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ । सो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक, गैरआवासीय नेपाली नागरिकका आफन्त एवम् परिवारले खरिद गर्न पाउनेछन् ।

बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाउने व्यवस्था गरिएको छ । बचतपत्रको ब्याजमा कर लाग्ने भए पनि ६/६ महिनामा खरिदकर्ताले आफैँले वा इच्छाएको व्यक्तिलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकको वेबसाइटमा गई मोनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिन्छ । साथै त्यसैबाट फारम डाउनलोड गरी भरेर पायक पर्ने बैंक शाखामा बुझाउन सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.