डिजेल र पेट्रोलमा लाग्दै आएको पुर्वाधार कर १० रुपैयाँले घट्यो
काठमाडौं। सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाउने भएको छ । अर्थ मन्त्रालयले मंगलबार डिजेल र पेट्रोलमा लिटरमा १०/१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयले पेट्रोल र डिजेलमा १०/१० रुपैयाँ कर घटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । पूर्वाधार कर घटेसँगै अब पेट्रोल र डिजेलको मूल्य पनि समायोजन हुनेछ।
अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले अबको एक साताभित्रै पेट्रोलियम पदार्थको भाउ घट्ने जानकारी गराएका थिए। निगमले जेठ ९ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो। उक्त मूल्य वृद्धिपश्चात अहिले पेट्रोलको मूल्य प्रतिलिटर १८० पुगेको छ भने डिजेल/मट्टीतेल हवाई इन्धनको मूल्य लिटरको १६३ रुपैयाँ पुगेको छ ।







डिसी नेपाल








Facebook Comment