७.२१ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
१८ जेठ २०७९ १५:३२
48
Shares

काठमाडौं। साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार घटेको छ। बुधबार सेयर बजार ७.२१ अंकले घटेर २ हजार १३०.७१ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको  ३० लाख २० हजार ६७ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्व ७ करोड ८४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंकअग्रस्थानमा रहेको छ। यस कम्पनीको १२ करोड १३ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ३ सय ७ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : हिमालयन डिस्टिलरी र शिखर इन्स्योरेन्सको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ३ वटा उपसुचक बढेको छ भने बाँकि सबै उपसुचक घटेको छ। आजको कारोबारमा मैलुंग खोला जलबिद्युत र बलेफी हाइड्रो पावरका लगानीकर्ताले कमाएका छन्। यस्तै, शिखर इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.