किसान लघुवित्तको २० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
१९ जेठ २०७९ ९:२८
60
Shares

काठमाडौं।  किसान लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज (बिहीबार, जेठ १९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश र सभा गर्नको लागि जेठ २० गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार आज जेठ १९ गतेसम्म कायम सेयरधनीले मात्र  लाभांश र साधारण सभामा भाग लिन पाउने छन्।

लाभांश पारित गर्नको लागि कम्पनीको साधारण सभा जेठ २० गते हुने भएको छ। सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेश गर्ने भएको छ। प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा रहेको छ।

कम्पनीले अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०७७/७८को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ। त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.