सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
१९ जेठ २०७९ १०:४७
328
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला ९७ हजार ६ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार १ सय रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। बुधबार चाँदी प्रति तोला १ हजार २ सय ५०रुपैयाँमा कारोबार भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.