बुधबार बढ्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२५ जेठ २०७९ ९:०७
664
Shares

काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ०४ पैसा र बिक्री दर १२४ रुपैयाँ ६४ पैसा कायम गरेको छ। मंगलबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ९२ पैसा र बिक्री दर १२४ रुपैयाँ ५२ पैसा कायम गरेको थियो।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ १२ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५५ रुपैयाँ २४ पैसा र बिक्री दर १५५ रुपैयाँ ९९  पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर १२७ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ १२ पैसा र बिक्री दर ८९ रुपैयाँ ५५ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ५०  पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ९८ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३५ पैसा र बिक्री दर ९ रुपैयाँ ३९ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६० पैसा र बिक्री दर १८ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०७ र बिक्री दर ३३ रुपैयाँ २३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९८ पैसा र बिक्री दर ३४ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९ रुपैयाँ ९२ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.