हत्या गरिएका जापानी पूर्व प्रधानमन्त्री आबेको शव टोकियो लगियो

डिसी नेपाल
२५ असार २०७९ १०:२७
192
Shares

काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या भएको एक दिनपछि उनको शव अहिले राजधानी टोकियो लगिएको छ । मिडियाका अनुसार आबेको हत्यापछि पूरै जापान स्तब्ध भएको छ, जहाँ यस्ता हिंसात्मक घटना विरलै हुने गरेको छ ।

यसैबीच नेताहरूले आइतबार हुने जापानी संसदीय निर्वाचनको प्रचारप्रसारलाई निरन्तरता दिने निर्णय गरेका छन् । शुक्रबार शिन्जो आबेलाई गोली हानिँदा उनले सोही चुनावको प्रचारप्रसारका लागि जनतालाई सम्बोधन गरिरहेका थिए।

प्रहरीका अनुसार घटनास्थलबाट पक्राउ परेका ४१ वर्षीय व्यक्तिले घरेलु बन्दुक प्रयोग गरी आबेको हत्या गरेको जिम्मेवारी लिएका छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार उक्त व्यक्तिले सुरुमा धार्मिक समूहका नेतालाई लक्षित गर्ने योजना बनाएका थिए। पक्राउ परेका व्यक्तिको घरबाट धेरै हातले बनाइएको बन्दुक बाहेक विस्फोटक पदार्थ पनि बरामद भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *