अमेरिकी राष्ट्रपति बाइडेनले गर्भपतनको अधिकार पुनर्स्थापित गर्न आदेश जारी गरे
काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले गर्भपतनमा प्रतिबन्ध लगाएपछि राष्ट्रपति जो बाइडेनले गर्भपतन अधिकार पुनर्स्थापना गर्ने संघीय कानूनको वकालत गरेका छन्।
यसका साथै उनले शुक्रबार प्रजनन स्वास्थ्य सुविधामा जनताको पहुँचलाई जोगाउने ‘कार्यकारी आदेश’मा पनि हस्ताक्षर गरेका छन् ।
यो घोषणा गर्दै जो बाइडेनले भने, “सर्वोच्च अदालतले ‘रो भर्सेस वेड’ मामिलाको फैसलालाई उल्टाएपछि आज मैले महिलाको प्रजनन अधिकारको रक्षा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु।”
उनले भने, ‘यो आदेशले सर्वोच्च अदालतको फैसलापछि मैले घोषणा गरेको कदमलाई औपचारिकता दिन्छ । यसले महिलाको स्वास्थ्य जोगाउन नयाँ उपायहरू थप्नेछ।’
घोषणाको समयमा राष्ट्रपति बाइडेनसँगै उपराष्ट्रपति कमला ह्यारिस र स्वास्थ्य मन्त्री जेभियर बेसेरा पनि थिए।
Today I signed an Executive Order to protect the reproductive rights of women in the aftermath of the Supreme Court’s extreme decision to overturn Roe v. Wade.
It formalizes the actions I announced right after the decision and will add new measures to protect women’s health. pic.twitter.com/cujWTnxKvw
— President Biden (@POTUS) July 8, 2022
करिब दुई हप्ता अघि, जुन २४ मा, अमेरिकी सर्वोच्च अदालतले ल्यान्डमार्क १९७३ ‘रो भर्सेस वेड’ मुद्दामा गर्भपतन अधिकार प्रदान गर्ने आफ्नो निर्णयलाई उल्टाउँदै, गर्भपतनलाई गैरकानूनी घोषित गर्यो।
गर्भपतनसम्बन्धी सर्वोच्च अदालतको हालैको फैसलाबारे बाइडेनले भने, ‘यस अदालतले महिला अधिकारको संरक्षण नगर्ने स्पष्ट पारेको छ । तर म उनीहरूको अधिकारको रक्षा गर्नेछु।’
“त्यसैले म आज प्रजनन स्वास्थ्य सुविधामा जनताको पहुँचलाई जोगाउने ‘कार्यकारी आदेश’ मा हस्ताक्षर गर्दैछु,” उनले भने।
राष्ट्रपति बाइडेनले भने, “कांग्रेसका रिपब्लिकन सदस्यहरू गर्भपतन अवैध होस् भन्ने चाहन्छन्, तर मलाई केही भन्न दिनुहोस्, म राष्ट्रपति हुँदासम्म म त्यस्तो कुनै पनि प्रयासलाई भिटो गर्नेछु। तिनीहरूले के गर्न खोज्छन् मलाई वास्ता छैन। म यसलाई कानुन बन्न दिन्न ।’
उनले सर्वोच्च अदालतको साथमा मिलेर रिपब्लिकन सदस्यहरूलाई जनताको स्वतन्त्रता खोस्ने एजेन्डा पछ्याउन अनुमति नदिने बताए ।







डिसी नेपाल







Facebook Comment