श्रीलंकाको राष्ट्रपति भवनमा प्रदर्शनकारीहरूको कब्जा

डिसी नेपाल
२५ असार २०७९ १४:११
60
Shares

काठमाडौं । श्रीलंकाको आर्थिक अवस्थाबाट त्रसित प्रदर्शनकारीहरूले शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास घेराबन्दी गरेका छन्। राष्ट्रपति राजापाक्षे आफ्नो निवासबाट भागेको खबर छ । रक्षा स्रोतहरूले राष्ट्रपति राजापाक्षे भागेको दाबी गरेका छन्।

यसअघि ११ मेमा तत्कालीन प्रधानमन्त्री महिन्दा राजापाक्षे सम्पूर्ण परिवारसहित भागेका थिए । आक्रोशित भीडले कोलम्बोमा रहेको राजापाक्षेको सरकारी निवासलाई घेरा हालेको थियो।

प्रदर्शनकारीहरूले दिउँसो कोलम्बोस्थित राष्ट्रपति निवासलाई घेराबन्दी गरेको बताइएको छ। त्यसपछि प्रदर्शनकारीले राजापाक्षेको सरकारी निवासमा तोडफोड समेत गरेका थिए । श्रीलंकामा बिग्रँदै गएको आर्थिक संकटको बीचमा राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गर्दै आज सरकारी विरोध र्‍याली चलिरहेको छ ।

श्रीलंकामा शुक्रबार अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । सेनालाई पनि उच्च सतर्कतामा राखिएको छ । शुक्रबार राति ९ बजेदेखि राजधानी र आसपासका क्षेत्रमा कर्फ्यु लगाइएको प्रहरी प्रमुख चन्दना विक्रमरत्नेले जानकारी दिए । उनले राष्ट्रपतिलाई सत्ताबाट हटाउन शुक्रबार हजारौं सरकार विरोधी प्रदर्शनकारी कोलम्बो प्रवेश गरेका थिए, त्यसपछि कर्फ्यूको निर्णय लिइएको बताए ।

शुक्रवार कोलम्बोमा विद्यार्थी प्रदर्शनकारीहरू विरुद्ध प्रहरीले कर्फ्यू लगाउनुअघि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो। सरकार विरोधी आन्दोलनमा धार्मिक नेता, राजनीतिक दल, शिक्षक, किसान, चिकित्सक, मछुवा र समाजसेवी सहभागी रहेको बताइएको छ ।

मे १० मा सत्तारुढ दल (श्रीलंका पोदुजाना पेरामुना) का सांसद अमरकीर्थी अथुकोरालाको निधन भएको थियो । जानकारी अनुसार उनको गाडीलाई नित्तम्बुवामा सरकारविरुद्ध विरोध प्रदर्शन गरिरहेका मानिसहरूले घेराबन्दी गरेका थिए । सो क्रममा सांसदको एसयूभी कारबाट गोली चलेको जनताले बताएका छन् ।

यो देखेर भीड आक्रोशित भयो । त्यसपछि सांसदहरू भागेर हजारौं मानिसले घेरिएको भवनमा लुकेका थिए । त्यसपछि भीडको डरले सांसदले आफ्नै रिभल्भरले गोली हानेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *