जोखिम क्षेत्रका श्रमिकका मागलाई उच्च प्राथमिकतामा राख्नुपर्छः मन्त्री कुँवर

डिसी नेपाल
२५ असार २०७९ २१:४१
64
Shares

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जोखिम क्षेत्रमा क्रियाशील श्रमिकका मागलाई सम्बोधन गर्ने गरी काम गर्ने बताएका छन् । नेपाल इलेक्ट्रिसियन सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले इलेक्ट्रिसियन व्यवसाय धेरै जोखिम हुने क्षेत्रमा पर्ने भएकाले त्यहाँका श्रमिकका सुरक्षालगायत विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफूले सधैँ श्रमिक, मजदुर वर्गको न्यायका पक्षमा सङ्घर्ष गरेकाले उनीहरूका समस्या समाधानका साथै सुरक्षाका लागि सधैँ संवेदनशील रहेको बताउँदै उनले यो प्राविधिक सीप बोकेर सधैँ विद्युत्सँग लुकामारी गर्ने जोखिमयुक्त क्षेत्रमा काम गर्ने कामदारको हितार्थ लाग्ने बताए ।

उनीहरूका मागलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले इलेक्ट्रिसियन क्षेत्रमा काम गर्ने व्यक्तिको प्रतिष्ठा समाजमा जुनरूपमा पुग्नुपर्ने हो सो नभएकाले समाजले सकारात्मक व्यवहार गर्नुपर्ने विचार व्यक्त गरे । सङ्घले स्वदेश तथा विदेशमा काम गर्न जाने जनशक्ति सहयोग तथा तालिमको व्यवस्था गर्दै आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.