शिन्जो आबेको हत्याः जापान प्रहरीले भन्यो-सुरक्षामा त्रुटि थियो

डिसी नेपाल
२६ असार २०७९ ८:४१
2.8k
Shares

टोकियो। जापानको दक्षिणी सहर नारामा शुक्रबार गोली हानी मारिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको सुरक्षामा कमजोरी रहेको जापानी प्रहरीले स्वीकार गरेको छ। नाराका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले भने, ‘सुरक्षामा समस्या भएको कुरालाई नकार्न सकिँदैन। ’

एउटा राजनीतिक कार्यक्रममा एक बन्दुकधारीले आबेमाथि गोली हानेका थिए। यस आक्रमणले जापानलाई गहिरो स्तब्ध बनाएको छ।

माथिल्लो सदनका लागि पूर्वनिर्धारित निर्वाचन आइतबार हुँदैछ। आबेको हत्या भएको दुई दिनपछि स्थानीय समयअनुसार बिहान ७ बजे मतदान सुरु भएको छ ।

उनको हत्याले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को समर्थन बढ्न सक्ने अनुमान गरिएको छ। आबे एलडीपीका प्रमुख र अत्यधिक प्रभावशाली व्यक्तित्व थिए। शनिबार पनि सामान्यभन्दा कडा सुरक्षाका साथ प्रचार प्रसार जारी थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *