तापक्रम बढेपछि सांघाइमा रेड अलर्ट जारी
सांघाई। चीनको सांघाइमा अत्यधिक तापक्रम बढेको छ। ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि सांघाई नगरपालिका मौसम विज्ञान पर्यवेक्षकले प्रान्तका केही क्षेत्रमा रेड अलर्ट जारी गरेको छ।
सिन्ह्वाका अनुसार सांघाइमा जुलाई ५ देखि लगातार ६ दिनसम्म अत्यधिक उच्च तापक्रम देखिएको छ। आइतबार सांघाई सुजियाहुई स्टेशनको तापमान ४० डिग्री सेल्सियस पुगेको थियो।
सन् १८७३ देखि शहरमा ४० डिग्री सेल्सियसभन्दा माथि जम्मा १५ तातो दिनहरू रिपोर्ट गरिएको छ । सन् २०१७ मा सांघाइको तापक्रम ४० दशमलव ९ डिग्री सेल्सियस पुगेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment