जापानको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने अनुमान
टोकियो। जापानमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको दुई दिनपछि आइतबार सम्पन्न निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) विजयी हुने अनुमान गरिएको हो।
१२५ सिट भएको माथिल्लो सदनमा पूर्वप्रधानमन्त्रीको पार्टी एलडीपी र यसको गठबन्धन कोमेटोले ७० देखि ८३ सिट ल्याउने अनुमान गरिएको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ। आबेको हत्या हुनु अघि एलडीपी र कोमिटोले आफ्नो बहुमत ल्याउने अपेक्षा गरिएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment