श्रीलंकाका राष्ट्रपतिले बुधबार राजीनामा दिने प्रधानमन्त्री कार्यालयद्वारा पुष्टि
काठमाडौं । श्रीलंकाका संकटग्रस्त राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो राजीनामा पुष्टि गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । प्रदर्शनकारीहरूले दुवै नेताको सरकारी निवासमा आक्रमण गरेका थिए ।
प्रदर्शनकारीहरूले अझै पनि राष्ट्रपति भवन र प्रधानमन्त्री निवास कब्जा गर्दै छन् र नेताहरूले पद त्याग नगरेसम्म बाहिर निस्कन अस्वीकार गरेका छन्। संसदका सभामुखले शनिबार राष्ट्रपतिले जुलाइ १३ तारिखमा राजीनामा दिने बताएका थिए । तर धेरै प्रदर्शनकारीहरूले घोषणालाई कडा रूपमा शंका गरेका थिए ।
सोमबार प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालयले एक विज्ञप्ति जारी गर्दै राजापाक्षेले बुधबार राजीनामा दिने औपचारिक जानकारी दिएको बताएको छ । यद्यपि राजापाक्षेबाट कुनै प्रत्यक्ष प्रतिक्रिया आएको छैन। श्रीलंकाको संविधान अनिसार राष्ट्रपतिको राजीनामा औपचारिक रूपमा तबमात्र स्वीकार गर्न सकिन्छ जब उनले संसदको सभामुखलाई पत्र मार्फत राजीनामा बुझाउँछन् – जुन हुन बाँकी छ।
प्रधानमन्त्री विक्रमासिङ्घेले यसअघि पनि राष्ट्रपतिले आफ्नो पदबाट राजीनामा दिने बताएका थिए। राजापाक्षे अहिले कहाँ छन् भन्ने कसैलाई थाहा छैन तर सैन्य स्रोतहरूले बीबीसीलाई उनी श्रीलंकाको जलक्षेत्रमा नौसेनाको जहाजमा रहेको बताएका छन्। उनका भाइ, पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षे देशको नौसैनिक आधारमा रहेको स्रोतहरू बताउँछन् ।
महिनौंदेखि चलेको विरोध प्रदर्शनपछि राष्ट्रपतिको राजीनामा माग गर्दै शनिबार राजधानीमा हजारौंको संख्यामा प्रदर्शनकारीहरू उत्रिएका थिए । महिनौंदेखि खाद्यान्न, इन्धन र औषधिको अभाव भएको देशको आर्थिक कुप्रबंधनका लागि राजापाक्षेलाई दोषारोपण गरिएको छ। राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास कब्जा गरेका प्रदर्शनकारीहरूले दुवै नेताले कार्यालय नछोड्दासम्म बाहिर निस्कन अस्वीकार गरेका छन्।
“हाम्रो सङ्घर्ष सकिएको छैन,” विद्यार्थी आन्दोलनका नेता लाहिरु वीरासेकराले एएफपीसँग भने “राष्ट्रपति राजापाक्षेले वास्तवमा नछोड्दासम्म हामी यो सङ्घर्ष छोड्ने छैनौँ ।” राजनीतिक विश्लेषक र मानवअधिकार कार्यकर्ता भवानी फोन्सेकाले रोयटर्सलाई भनिन्, “आगामी दुई दिनहरू अत्यन्तै अनिश्चित समय हुनेछन् । राजनीतिक रूपमा दुई नेताले “वास्तवमा राजीनामा” दिन्छन् कि दिँदैनन भनेर हेर्न चाखलाग्दो हुनेछ।’
सत्ताको सहज डस्तान्तरणबारे छलफल गर्न राजनीतिक नेताहरूले आइतबार थप बैठक गरेका छन् । श्रीलंकाको संसदका सभामुखले बीबीसी वर्ल्ड सर्भिसको न्युज आवर कार्यक्रमलाई भने कि राष्ट्रपतिले आधिकारिक रूपमा राजीनामा गरेको एक हप्ता भित्र नयाँ क्रसपार्टी गठबन्धन सरकार गठन गर्नुपर्नेछ।
राष्ट्रपतिको सत्ताधारी पार्टीका सदस्य महिन्दा यापा अबेवर्देनाले पनि प्रायः देशको आर्थिक समस्याको लागि कोभिड-१९ लाई दोष दिए। “कोविड महामारीले देश आर्थिक रूपमा तहसनहस बनाएको छ त्यसैले हामीले हाम्रो सबै पैसा खोपमा खर्च गर्नुपर्यो,” उनले भने।







डिसी नेपाल







Facebook Comment