श्रीलंकाका केही भागमा सीमित इन्धन र ग्यास वितरण

डिसी नेपाल
२८ असार २०७९ ७:०९
172
Shares

कोलम्बो। श्रीलंकाका केही भागहरूमा सीमित इन्धन र ग्यास आपूर्ति पुनः वितरण भएको छ। अभूतपूर्व आर्थिक संकटलाई लिएर सरकार विरोधी प्रदर्शन चर्किरहेका बेला केही क्षेत्रमा इन्धन आपूर्ति पुनः वितरण भएको हो।

सोमबार राजधानी कोलम्बोमा ग्यास भर्ने स्टेसनहरू र सामुदायिक केन्द्रहरूमा लामो लाइन देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ। लाइनमा हजारौं थकित मानिसहरूको भिड देखिन्थ्यो।

महिनौँदेखि इन्धन, खाद्यान्न र अन्य आधारभूत सामग्रीको अभाव झेलिरहेका सर्वसाधारणले थोरै भए पनि राहत अनुभूति गरेका छन्। श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि अहिलेसम्मकै ठूलो आर्थिक संकट सामना गरेको छ।

अत्याधिक मुद्रास्फीतिले मूल्यवृद्धि गरेको छ। देशको विदेशी मुद्रा सञ्चिति सबै सकिएको छ। खाद्यान्न, इन्धन र औषधि आयात गर्न टापु देशले ठूलो संघर्ष गरिरहेको छ।

संकटका कारण क्रुद्ध बनेका सर्वसाधारण यसै सप्ताहन्तमा राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका थिए। राष्ट्रपतिले पदबाट राजीनामा दिने घोषणा गरिसकेका छन् । त्यस्तै, प्रधानमन्त्रीले पनि राजीनामा दिने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *