इटालीमा कोभिडको दोस्रो बुस्टर डोज
रोम। इटालीले चाँडै नै ६० वर्षभन्दा माथिका सबैलाई कोभिडको दोस्रो बुस्टर डोज प्रदान गर्ने भएको छ। युरोपेली युनियनको स्वास्थ्य निकायहरुको अनुमतिपछि उसले दोस्रो बुस्टर दिन लागेको हो।
युरोपभर संक्रमण र कोभिडका कारण अस्पतालमा भर्ना हुने नयाँ बृद्धिबीच युरोपेली स्वास्थ्य निकाय एआईएफएले सोमबार बुस्टरका लागि सिफारिस गरेको थियो। पछिल्ला दिनमा सुस्त बनेको खोप अभियानलाई सरकारले पुनः गति दिन राष्ट्रिय निर्णयहरू सहज बनाउने अपेक्षा गरिएको छ।
स्वास्थ्यमन्त्री रोबर्टो स्पेरान्जाले सरकारले इटालीका २० क्षेत्रीय प्रशासनलाई राष्ट्रिय चिकित्सा एजेन्सी एआईएफएको स्वीकृतिपछि दोस्रो बुस्टर अभियान सुरु गर्न अनुमति दिएको बताए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment