रुसले सबै युक्रेनीलाई नागरिकता दिने, पुटिनले कार्यकारी आदेशमा हस्ताक्षर गरे

डिसी नेपाल
२८ असार २०७९ ११:४८
1.8k
Shares

काठमाडौं । रुसले अब सबै युक्रेनीलाई आफ्नो देशको नागरिकता दिने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सबै नागरिकलाई रुसी नागरिकता दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

पुटिनले सबै युक्रेनी नागरिकहरूलाई रुसी नागरिकता लिनको लागि प्रक्रियागत आदेशमा हस्ताक्षर गरेका छन्। यो आदेश रूसको आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिएको छ।

यसअघि मे महिनामा पुटिनले दक्षिणी युक्रेनका केही भागका बासिन्दाहरूलाई रुसी नागरिकताको कार्यान्वयनलाई तीव्रता दिन आदेश जारी गरेका थिए। यसअघि यो सरलीकरण युक्रेनको डोनेट्स्क र लुहान्स्कका जनतालाई मात्रै नागरिकता दिने सन्दर्भमा लागू भएको थियो।

डोनेट्स्क र लुहान्स्क मिलेर औद्योगिक डोनबास क्षेत्र बनाउँछन्। युक्रेन विरुद्ध युद्ध लड्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण लुहान्स्क र डोनेस्कलाई युक्रेनबाट स्वतन्त्र घोषणा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *