श्रीलंकामा प्रदर्शन हिंस्रक बन्यो, मान्छेको ज्यानै गयो

डिसी नेपाल
३० असार २०७९ १३:०१
92
Shares

काठमाडौं । श्रीलंकामा सरकार विरोधी प्रदर्शनका क्रममा सास फेर्न गाह्रो हुँदा एक जनाको मृत्यु भएको छ । सोही क्रममा प्रहरीले अश्रुग्याँस प्रहार गर्दा एक प्रहरी अधिकृत र एक सेवाकर्मीसहित ८४ जना घाइते भएका छन् ।

एक रक्षा प्रवक्ताले बीबीसीलाई भने कि कर्फ्यू हटाइयो तर आपतकालिन अवस्था अझै कायम छ। उनले प्रधानमन्त्री कार्यालयबाहिर प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गर्दा एक २६ वर्षीय युवक घाइते भएको र पछि अस्पतालमा मृत्यु भएको बताए ।

कोलम्बो नेसनल अस्पतालले पनि बुधबारको प्रदर्शनमा एक जनाको मृत्यु भएको पुष्टि गरेको छ । सास फेर्न गाह्रो भएपछि उक्त व्यक्तिको मृत्यु भएको अस्पतालका अधिकारीहरुले जनाएका छन् भने ८४ जना घाइते भएका छन् ।

सेनाले यसअघि नै श्रीलंकाको संसद वरिपरि थप सेना र सशस्त्र सवारी साधन तैनाथ गरिसकेको छ । त्यसैगरी प्रदर्शनकारीबाट राष्ट्रपति भवन, प्रधानमन्त्रीको कार्यालयलगायतका सरकारी संस्था फिर्ता लिन सुरक्षा व्यवस्था बढाइएको छ ।

मङ्गलबार, जुलाई १२ मा, श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे सैनिक जेटको सहयोगमा श्रीलंकाबाट माल्दिभ्स भागेका थिए जो अहिले सिङ्गापुर जान पर्खिरहेका छन् ।

श्रीलंकाबाट उनी भागेपछि, कोलम्बोमा प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको कार्यालय र राष्ट्रपति भवन जस्ता संस्थाहरू कब्जा गरेपछि प्रदर्शनहरू तीव्र भएका छन्।

गोटाबाया राजापाक्षेले बुधबार जुलाई १३ मा राजीनामाको घोषणा गरेका थिए । श्रीलंकाको संसदका सभामुख महिन्दा यापा अभयावर्धनेले आफूले अहिलेसम्म गोटाबायाको राजीनामा नपाएको बताएका छन् ।

गोटाबायाको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *