घरेलु उडानमा एउटा सिट छोडिदिने यात्रुलाई १३ लाख रूपैयाँ दिने एयरलाइन्सको अफर
काठमाडौं । उडानमा यात्रा नगर्ने यात्रुलाई एयरलाइन्स कम्पनीले गजबको अफर दिएको छ । कम्पनीले केही यात्रुलाई सिट छोडेको सट्टामा १३–१३ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
यो अमेरिकाको मामला हो। डेल्टा एयरलाइन्सको विमान ग्रान्ड र्यापिड्स (मिशिगन) बाट मिनियापोलिस, मिनेसोटा जाँदै थियो। यसैबीच डेल्टा एयरलाइन्सका कर्मचारीले उडान ओभरबुक भएको घोषणा गरे ।
उक्त उडानमा यात्रा नगर्ने यात्रुलाई अर्को उडानमा पठाइने कर्मचारीले बताए । यी यात्रुलाई १० हजार डलर (१३ लाख रुपैयाँ) क्षतिपूर्ति पनि दिइनेछ । जेसन इटन नामक यात्रुले यस घटनाको बारेमा ट्वीट गरेका छन्।
२०१७ मा डेल्टा एयरलाइन्सले तीन सदस्य भएको बेलायती परिवारलाई साढे आठ लाख रुपैयाँ दिएको थियो। त्यतिबेला पनि ओभरबुकिङको घटना बाहिर आएको थियो । उक्त विमान न्यूयोर्कबाट फ्लोरिडा जाँदै थियो ।
‘इन्डिपेन्डेन्ट’मा प्रकाशित रिपोर्टका अनुसार वायुसेवा कम्पनीले यात्रुलाई अन्तिममा कति रुपैयाँ दियो भन्ने यकिन हुन सकेको छैन । तर यसअघि पनि यस्ता घटना बाहिर आएका छन् ।
यसै वर्ष डेल्टाले ओभरबुक भएका उडानहरूमा आफ्नो सिट छोड्ने यात्रुहरूले क्षतिपूर्ति पाउने घोषणा गरेको थियो। वास्तवमा, डेल्टा एयरलाइन्सले यो कदम उठायो किनभने त्यो वर्ष युनाइटेड एयरलाइन्सले आफ्ना कर्मचारीलाई बसाउनको लागि बुकिङ गरेका यात्रुलाई विमानबाट घिसार्दै बाहिर निकालेको थियो।
धेरै एयरलाइन्स कम्पनीहरूले निश्चित सिटभन्दा बढी टिकट बेच्ने नीति लिएका छन्। ५ प्रतिशत यात्रु बुकिङ गरेर पनि यात्रा गर्न नआउने गरेको पाइएको छ । तर, बुकिङ गरेका सबै यात्रु उडानमा यात्राका लागि पुग्दा समस्या हुन्छ ।
अमेरिकामा हवाई यात्राका लागि कडा कानुन छ । अमेरिकामा ओभरबुक भएका कारण कुनै यात्रुले आफ्नो सिट छोडेमा कानुनी रूपमा क्षतिपूर्ति दिइन्छ। उडान १ घण्टा ढिलो गन्तव्यमा पुगे पनि यात्रुले क्षतिपूर्ति पाउँछन् ।







डिसी नेपाल







Facebook Comment