सिंगापुर पुगेर श्रीलंकाका राष्ट्रपतिले दिए राजीनामा

डिसी नेपाल
३० असार २०७९ २२:१७
2.3k
Shares

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे पदबाट राजीनामा दिएका छन् ।

श्रीलंकामा जारी अस्थिरताका बीच राष्ट्रपति गोटाबाया राजपक्षे माल्दिभ्स हुँदै सिंगापुर पुगेका थिए ।

श्रीमती र दुई जना अंगरक्षकसहित माल्दिभ्स हुँदै सिंगापुर पुगेका राजापाक्षेले राजीनामा दिएका बीबीसीले जनाएको छ ।

उनले श्रीलंका छाडेसँगै प्रधानमन्त्री रनिल विक्रमसिंघे कार्यकारी राष्ट्रपति बनेका थिए ।

देशका आर्थिक संकट बढेपछि प्रदर्शनमा उत्रिएका नागिरकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको कार्यालय कब्जामा लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *