सिंगापुरले भन्यो – ‘गोटाबाया राजापाक्षेले हाम्रो देशमा शरण मागेका छैनन्’
काठमाडौं । सिंगापुर सरकारले श्रीलंकाबाट भागेर आफ्नो देशमा आएका श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले शरण नमागेको जनाएको छ ।
सिङ्गापुरको विदेश मन्त्रालयका अनुसार, राजपाक्षेले त्यहाँ शरण मागेका छैनन्। उनलाई पाहुनाका रूपमा मात्रै देश प्रवेश गर्न दिइएको मन्त्रालयले स्पष्ट पारेको छ।
सञ्चारमाध्यमको जिज्ञासाको जवाफ दिँदै सिङ्गापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई ‘निजी भ्रमण’ मा सिंगापुर प्रवेश गर्न अनुमति दिएको बताएको छ ।
राजापाक्षे बिहीबार साँझ सिंगापुर पुगेका थिए । सिंगापुर आइपुगेको केही समयपछि उनले श्रीलंकाको संसदका सभामुखलाई इमेलमार्फत राजीनामा पठाएका थिए ।
श्रीलंका अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको चपेटामा छ र यस वर्षको सुरुदेखि नै त्यहाँ प्रदर्शनहरू भइरहेका छन्, तर शनिबार, जुन ९ मा बोलाइएको प्रदर्शन निकै उग्र बन्यो।
जनताले राष्ट्रपति भवन र प्रधानमन्त्री निवासलाई निशाना बनाएर प्रवेश गरेका थिए । जसका कारण तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षे आफ्नो राजभवन छोडेर भाग्नुपरेको थियो ।
कोलम्बोमा अहिले कर्फ्यू जारी छ तर गोटाबाया राजापाक्षेको राजीनामाको खबर आउने बित्तिकै मानिसहरू खुसी मनाउन सडकमा उत्रिएका छन् ।
वास्तवमा महिनौंसम्म आन्दोलन गरेपछि जनताको मुख्य माग गोटबायाले पदबाट राजीनामा दिनुपर्छ भन्ने थियो ।
यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई अन्तरिम राष्ट्रपति घोषणा गरिएको छ । तर, आन्दोलनकारीले उनको राजीनामाको माग पनि गरिरहेका छन् ।







डिसी नेपाल







Facebook Comment