चेतावनीलाई ध्यान नदिँदा हनिमुनमा गएका व्यक्तिको ज्यान गयो
काठमाडौं । एक व्यक्ति आफ्नी श्रीमतीसँग हनिमुन मनाउन थाइल्याण्ड गएका थिए । तर त्यहाँ समुन्द्रमा नुहाउने क्रममा उनी दुर्घटनाको सिकार भए । उनले यो दुर्घटनामा ज्यान गुमाए । ३४ वर्षीय यी व्यक्ति पानीमा ‘वार्निङ लाइन’ नाघेर पौडी खेल्न पुगेका थिए, जसका कारण उनी समुन्द्रमा बगेका थिए ।
उक्त व्यक्तिको नाम अली मोहम्मद मियाँ हो। अली बेलायतका थिए। जुलाई १२ मा उनी हनिमुन यात्रामा थाइल्याण्डको फुकेट आइल्याण्ड पुगेका थिए । अली यहाँको पाँचतारे रिसोर्टमा श्रीमतीसँग बस्दै आएका थिए ।
यसैबीच, अली समुद्रमा नुहाउन गए। उनीसँगै ५५ वर्षीय स्थानीय व्यक्ति पनि थिए । पौडी खेल्ने क्रममा अलीले ‘वार्निङ लाइन’ पार गरे र उनलाई समुन्द्रको बलियो छालले बगायो । खोजीपछि सुरक्षा गार्डले उनलाई अस्पताल पुर्याए तर त्यतिन्जेल ढिलो भइसकेको थियो । डाक्टरहरूले अली र उनीसँगै आएका व्यक्तिलाई मृत घोषणा गरेका थिए।
‘मिरर युके’को रिपोर्टका अनुसार दुर्घटनापछि प्रहरी अधिकारीले अलीको मृत्युको खबर बेलायती दूतावासलाई दिएका थिए । अधिकारीले भने कि हामीले साँझ ५ बजे आपतकालीन कल आएको थियो । हाम्रा मानिसहरूले दुईजनालाई समुद्रबाट उद्धार गरे । उनीहरुलाई अस्पताल पुर्याइएपनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए ।
प्रहरी अधिकारीका अनुसार समुद्रमा ‘वार्निङ साइन्स’ बनाइएको थियो तर दुर्भाग्यवश दुवैले यसलाई पार गरे । भारी वर्षाका कारण समुद्रको छालमा फसेपछि उनीहरूको मृत्यु भयो ।







डिसी नेपाल







Facebook Comment