भारतको पनि विदेशी मुद्रा सञ्चिति ८.०६२ अर्ब डलरले घट्यो

डिसी नेपाल
३२ असार २०७९ १०:४१
208
Shares

काठमाडौं । दक्षिण एसियाका अधिकांश देशको विदेशी मुद्रा सञ्चिति घटेर देशमा आर्ञिक कठिनाइ आइरहेका बेला यहाँको सबैभन्दा ठूलो अर्थतन्त्र भारतको पनि विदेशी मुद्रा सञ्चिती घटेको छ ।

भारतीय रिजर्भ बैंकका अनुसार जुलाई ८ मा समाप्त भएको साता भारतको विदेशी मुद्रा सञ्चितिमा तीव्र गिरावट आएको छ । यो साता ८ अर्ब ६२ करोड डलरले घटेर विदेशी मुद्रा सञ्चिति ५८० अर्ब २५२ करोड डलरमा झरेको छ ।

यसअघि जुन १ गतेको सातामा विदेशी विनिमय सञ्चिति ५ अर्ब ८ करोड डलरले घटेर ५ खर्ब ८८ अर्ब ३१४ करोड डलरमा झरेको थियो ।

कुल विदेशी मुद्रा सञ्चितिको ठूलो हिस्सा रहेको विदेशी मुद्रा सम्पत्तिमा आएको गिरावट यस कमीको कारण रहेको आरबीआईले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *