चीनले एलएसीमा फाइभ जी टावर बनायो, भारतमा तरंग

डिसी नेपाल
३२ असार २०७९ १५:१८
1.2k
Shares

काठमाडौं । लद्दाखको वास्तविक नियन्त्रण रेखामा भारत र चीनका सेनाबीच १६ औं चरणको वार्ता आइतबार (भोलि) हुँदैछ । अहिलेसम्म दुवै देश १५ पटक वार्ताको टेबुलमा आए पनि सहमति हुन सकेको छैन । जानकारी अनुसार आइतबार (जुलाइ १७ १७) हुने वार्ता भारतीय भूमिमा हुनेछ ।

यही बीच चुशुलका सल्लाहकार कोन्चोक स्टान्जिनले लद्दाखको बारेमा मिडियामा देखाइएको भन्दा यहाँको अवस्था पूर्णतया फरक रहेको बताएका छन् । उनले एक भारतीय मिडियासँग कुरा गर्दै भने ‘जमिनको वास्तविकता भने बिल्कुलै फरक छ । पूर्वाधार पनि राम्रो अवस्थामा छैन ।’ स्टान्जिनले १२ गाउँमध्ये १० वटामा फोरजी नेटवर्क नभएको बताए ।
उनले भने ‘कतिपय गाउँमा टुजी नेटवर्क पनि छैन तर चीनले यहाँ ५जी टावरहरू जडान गरेको छ । उनीहरुको सञ्चार प्रणाली निकै राम्रो छ ।’ स्टान्जिनका अनुसार चीनले आफ्नो छेउमा रहेको प्याङ्गोङ तालमा २ वटा पुल पनि बनाएको छ । यसले चिनियाँ सेनाको पहुँचमा ठूलो वृद्धि गर्नेछ, उनीहरूलाई आउन र जान सजिलो हुनेछ।

पुल निर्माण भएसँगै चीनलाई तोपखानामा समेत सहज पहुँच पुग्ने छ । उनले प्याङगोङमा लाइफलाइन रहेको भन्दै यहाँ सुरुङ निर्माण गरे भारतका लागि निकै फाइदा हुने बताए । चीनले जुन गतिमा सुरुङ, पुल र सडक निर्माण गरिरहेको छ, त्यसले भविष्यमा समस्या निम्त्याउन सक्छ कि भनेर एलएसी छेउछाउका क्षेत्रमा बसोबास गर्ने मानिसहरू पनि डराउँछन्। यति मात्र होइन, चीनले गरिरहेको निर्माणमा पनि उसको नियत प्रस्ट देखिन्छ ।

वास्तवमा, १५ चरणको वार्ता निष्कर्षविहीन भएपछि चीनलाई भारतले वास्तविक नियन्त्रण रेखा (एलएसी) को व्यवस्थापनका लागि गरिएका सम्झौताहरू इमान्दारीपूर्वक पालना गर्नुपर्ने चेतावनी दिएको छ। हालै परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारत र चीनबीच सन् १९९३ र १९९६ मा भएका उपयुक्त सम्झौताको इमानदारीपूर्वक पालना गर्नुपर्ने बताएका थिए । लद्दाखमा भारत र चीनबीच विगत दुई वर्षदेखि द्वन्द्व चलिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *