अमेरिकामा मङ्कीपक्सका बिरामी बढ्दा खोपको व्यापक अभाव
वासिङटन । संयुक्त राज्य अमेरिकामा मङ्कीपक्सका बिरामी ह्वात्तै बढेका छन् । त्यहाँ अहिलेसम्म १,८०० जनाभन्दा धेरै व्यक्तिमा मङ्कीपक्स पुष्टि भएको छ।
तर निकै कम मानिसले मात्र परीक्षण गराएकाले सङ्क्रमितको सङ्ख्या धेरै हुन सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ।
अमेरिकाका स्वास्थ्य अधिकारीहरूले मङ्कीपक्सविरुद्ध दिइने खोपको मात्रा ह्वात्तै बढेको तर आफूसँग उक्त खोप पर्याप्त मात्रामा नभएको बताएका छन्।
अमेरिकामा विशेष गरी न्यूयोर्क सहरमा मङ्कीपक्सको प्रकोप फैलिएको देखिन्छ। त्यहाँ सङ्क्रमण फैलिने गतिप्रति चिन्ता व्यक्त गरिएको छ।
सुस्त परीक्षण र रोगको लक्षण देखिन तीन सातासम्म लाग्ने भएकाले अमेरिकामा यो रोग कति फैलिएको छ भने वास्तविक अवस्था स्पष्ट छैन।
यूएस सेन्ट्रर्स फर डिजीज कन्ट्रोलका अनुसार अहिलेसम्म झन्डै ७० देशमा १२ हजार ५०० जनाभन्दा बढीमा मङ्कीपक्स सङ्क्रमण भइसकेको छ।
छालामा हुने घाउबाट चिनिने यो रोग प्रायः आफैँ निको हुन्छ। तर त्यो प्रक्रिया निकै पीडादायक हुन सक्छ।
मङ्कीपक्सको सङ्क्रमण जसलाई पनि हुन सक्छ। अहिलेसम्म फेला परेका बिरामी पुरुषमध्ये धेरै जना समलैङ्गिक यौन सम्पर्क गर्ने व्यक्ति भएको बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment