इन्धन अभाव, चर्को मूल्यबृद्धिसँगैको हिंसाले हाइटीको राजधानी सहर अस्तव्यस्त
पोर्ट अउ प्रिन्स। गिरोहको क्रुर हिंसा, इन्धन अभाव र खाद्यवस्तुको बढ्दो मूल्य वृद्धिले हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्स ठप्प बनेको छ। संयुक्त राष्ट्रसंघका अनुसार हिंसामा करिब २३४ जनाले ज्यान गुमाएका छन् भने यौन हिंसाका नयाँ रिपोर्ट सार्वजनिक भएका छन्।
उपमेयर जीन हिस्लेन फ्रेडरिकका अनुसार बिहीबार सहरको सिट सोलिल छेउछाउमा दुई प्रतिद्वन्द्वी समूहबीचको रक्तपातपूर्ण लडाइँसँगै हिंसा भड्किएको थियो। उक्त हिंसा चाँडै चारैतिर फैलिएको थियो। डक्टर्स विदआउट बोडर्सका अनुसार हजारौं मानिस पिउने पानी, खाना वा चिकित्सकीय सेवाबाट बञ्चित छन्। नागरिकहरूलाई बचाउन सहायता संगठनले सशस्त्र समूहहरूसँग अनुरोध गरेको छ।
सहायता संगठनले गिरोहहरूलाई ब्रुकलिन नजिक पुग्न अनुमति दिन पनि अनुरोध गरिरहेको छ। संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले भने, ‘अधिकांश पीडितहरू प्रत्यक्ष रूपमा गिरोहमा संलग्न थिएनन् र उनीहरूलाई गिरोहले प्रत्यक्ष रूपमा लक्षित गरेको थियो। हामीले यौन हिंसाको नयाँ रिपोर्ट पनि प्राप्त गरेका छौँ। ’
No ads found for this position

डिसी नेपाल
Facebook Comment