आकाशमा २ हेलिकप्टर ठोक्किँदा सबैको मृत्यु, एयरपोर्टमा राखिएको अर्को विमानमा पनि आगलागी

डिसी नेपाल
२ साउन २०७९ १२:५१
4.0k
Shares

काठमाडौं । लस भेगासको विमानस्थलमा दुईवटा हेलिकप्टर आपसमा ठोक्किएका छन् । यस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुबै हेलिकप्टर सिंगल इन्जिन भएको बताइएको छ । दुर्घटनापछि घटनास्थलमा अस्तव्यस्त भएको थियो । यो जानकारी विमानस्थल प्राधिकरणका उच्च अधिकारीलाई दिइएको छ ।

संघीय उड्डयन प्रशासनले एक विज्ञप्तिमा पाइपर पीए-४६ विमान सेस्ना-१७२ सँग ठोक्किएको जनाएको छ। पाइपर पीए-४६ ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो। पाइपर खुला मैदानमा र सेस्ना पोखरीमा क्षतिग्रस्त भयो। दुर्घटनाका कारण एटलान्टा विमानस्थलमा स्पिरिट एयरलाइन्सको विमानमा पनि आगो लागेको थियो । यद्यपी यसमा कुनै हताहतको खबर भने आएको छैन ।

प्राप्त जानकारी अनुसार दुबै हेलिकप्टरमा दुई-दुई जना सवार थिए । दुर्घटनामा सबै चार जनाको मृत्यु भएको छ । जबकि दुबै विमान पूर्ण रुपमा ध्वस्त भएका छन् । उत्तर लस भेगास एयरपोर्ट डाउनटाउन लस भेगासको लगभग तीन माइल उत्तरमा अवस्थित छ। यो विमानस्थल मुख्यतया सामान्य उड्डयन र साना विमानहरूको लागि प्रयोग गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *