सीमा सडक निर्माण स्थलबाट १९ भारतीय मजदुर बेपत्ता

डिसी नेपाल
३ साउन २०७९ ११:२६
1.1k
Shares

नयाँ दिल्ली। अरुणाचल प्रदेशको दुर्गम कुरुङ कुमे जिल्लामा सीमा सडक निर्माण स्थलबाट दुई साताअघि बेपत्ता १९ मजदुर अझै फेला नपरेको भारतले जनाएको छ।

सडक निर्माणमा खटिएका मजदुर दुई सातादेखि वेपत्ता भएका हुन् । चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकै पर्ने उक्त क्षेत्र राज्यको राजधानी इटानगरबाट ३ सय किलोमिटर टाढा पर्छ।

कुमे नदीमा एक मजदुरको शव फेला परेको अपुष्ट विवरण सार्वजनिक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यसबारे सत्यता प्रमाणित गर्न टोलीहरू पठाइएको अधिकारीहरूले जनाएका छन्।

ठेकेदारले दिएको उजुरीअनुसार आसामबाट गएका ती मजदुर जुलाई ५ मा दामिन सर्कलको सीमा सडक संगठन (बीआरओ) को सडक निर्माण स्थलमा रहेको श्रम शिविरबाट बेपत्ता छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *