भाजपा सांसद सनी देओलसहित ८ सांसदले राष्ट्रपति निर्वाचनमा मतदान गरेनन्

डिसी नेपाल
३ साउन २०७९ १३:०७
3.1k
Shares

काठमाडौं । सोमबार भएको भारतको राष्ट्रपति निर्वाचनमा आठ सांसदले मतदान गर्न सकेनन् । राज्यसभा महासचिवले भने कि भाजपा र शिवसेनाका दुई-दुई सांसद र कांग्रेस, समाजवादी पार्टी, एआईएमआईएम र बसपाका एक-एक सांसद मतदानमा अनुपस्थित थिए।

मतदान नगर्ने दुई बीजेपी सांसदहरूमा गुरदासपुरका बीजेपी सांसद सनी देओल र पार्टीका सांसद सञ्जय शामराव धोत्रे समावेश छन्। सन्नी देओल उपचारका लागि विदेशमा छन् भने सञ्जय धोत्रे अस्पतालमा भर्ना छन् । बसपाका अतुल सिंह जेलमा रहेका कारण भोट हाल्न सकेनन् ।

शिवसेनाका गजानन कीर्तिकर, हेमन्त गोडसे र असदुद्दीन ओवैसीका एआईएमआईएमका इम्तियाज जलील मतदान गर्न आएनन्। यसै क्रममा कोरोना संक्रमित भएपछि केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमण र आरके सिंह पीपीई किट लगाएर मतदान गर्न संसद भवन पुगेका थिए ।

राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया सम्पन्न भएको छ । यस निर्वाचनमा जम्मा ४८०० जनाले मतदान गर्ने थिए, जसमध्ये ९९ प्रतिशत अर्थात् ४७९६ जनाले मतदान गरेका छन् । यससँगै ११ राज्य र केन्द्र शासित प्रदेश पुडुचेरीमा विधायकहरूको तर्फबाट शतप्रतिशत मतदान भएको थियो।

यस चुनावमा भाजपा नेतृत्वको एनडीए गठबन्धनले आदिवासी नेता द्रौपदी मुर्मुलाई उम्मेदवार बनाएको छ। योसँगै विपक्षी दलबाट भाजपाका पूर्व नेता यशवंत सिन्हालाई उम्मेदवार बनाइएको छ । नयाँ राष्ट्रपतिको नाम जुलाइ २१ मा सार्वजनिक हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *