अमेरिकी डलरको दबदबा अन्त्य गर्न रूस र इरानबीच महत्वपूर्ण सम्झौता

डिसी नेपाल
४ साउन २०७९ १४:०३
948
Shares

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा दुई देशबीचको व्यापारका लागि आ–आफ्नो राष्ट्रिय मुद्रा प्रयोग गर्ने नीतिलाई अनुमोदन गरेका छन् ।

उनले डलरको सट्टा अन्य मुद्राको प्रयोग गर्नुपर्ने र विश्व कारोबारको बाटोबाट डलरलाई क्रमशः हटाउनु पर्ने र समयसँगै यो सम्भव हुने बताए ।

इरानको मुद्रा इरानी रियाल हो भने रुसको मुद्रा रुबल हो। दुवै देश व्यापारका लागि आफ्नै मुद्रामा एकअर्कासँग व्यापार गर्न चाहन्छन् । अन्तर्राष्ट्रिय बजारमा आ–आफ्नो मुद्राको माग बढाउन दुवै देश यसो गर्न चाहन्छन् ।

खामेनीले इरान र रुसले आपसी सहयोग बढाउन आवश्यक रहेको बताए । तेल र ग्यासका सम्बन्धमा दुई देशबीच धेरै सम्झौता भएका छन्, जसलाई अन्तिमसम्म पालना गर्नुपर्छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सिरिया शान्ति शिखर सम्मेलनमा भाग लिन इरान पुगेका छन्, जहाँ दुई नेताबीच भेटवार्ता भएको छ ।

सम्मेलनमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इरानी राष्ट्रपति इब्राहिम रायसी पनि सहभागी छन् ।

युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमले रुसमाथि ठूलो प्रतिबन्ध लगाएको छ र विदेशमा रहेका रुसी बैंक खाताहरू रोक्का गरेको छ।

रूसले आफ्नो मुद्रा सुरक्षित गर्न धेरै कदम चालेको छ। रुसले प्राकृतिक ग्यास खरिद गर्ने ईयू देशहरूलाई डलर वा युरोको सट्टा रुबलमा बिल तिर्न आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *