ट्विटर विवादमा एलन मस्कलाई राहत मिलेन, अदालतले अक्टोबरमा सुनुवाइ गर्ने
काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कलाई अमेरिकी अदालतबाट झट्का लागेको छ । अमेरिकी अदालतले एलन मस्क विरुद्ध ट्वीटरको मुद्दाको सुनुवाइ अक्टोबरमा तय गरेको छ।
एलन मस्कले यस मुद्दामा ढिलो सुनुवाईको माग गरेका थिए। उनले ट्विटर किन्न ४४ अर्ब डलरको सम्झौता गरेका थिए, जसबाट एलन मस्कले अब फिर्ता हुने घोषणा गरेका छन् ।
त्यसपछि सामाजिक सञ्जाल कम्पनी ट्वीटरले सम्झौता पूरा गराउन अदालत पुग्यो । ट्विटरले अदालतले एलन मस्कलाई ५४.२० डलर प्रति शेयरको निश्चित मूल्यमा अधिग्रहण पूरा गर्न आदेश दिने अपेक्षा गरेको छ।
एलन मस्कले ट्विटरले नक्कली अकाउन्टको जानकारी लुकाएको आरोप लगाएका छन् ।
डेलावेयर अदालतका एक न्यायाधीशले कम्पनीसँग सहमति जनाएका छन् र सुनुवाइमा ढिलाइले मात्र अनिश्चितता थप्ने बताएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment