बेलायतको प्रधानमन्त्रीका लागि चौथो चरणको निर्वाचनमा पनि ऋषि विजयी, अब ३ जना मात्र प्रतिस्पर्धामा
काठमाडौं । बेलायतमा नयाँ प्रधानमन्त्री चयनको दौड दिन प्रतिदिन रोचक बन्दै गएको छ । यो दौडमा सुरुदेखि अहिलेसम्म एउटै प्रवृत्ति कायम रहेको छ– भारतीय मूलका ऋषि सुनक अगाडि छन् । चौथो राउण्डमा पनि ऋषि सुनकले प्रतिद्वन्द्वीलाई पराजित गरेका छन् । उनले कुल ११८ मत पाएका छन् भने केमी बडेनोच ५९ मत मात्रै पाएर यस दौडबाट बाहिरिएकी छिन् ।
यस दौडमा ऋषि सुनकलाई पेनी मोर्डन्ट र लिज ट्रससँग कडा प्रतिस्पर्धा भइरहेको छ । चौथो राउण्डमा मोर्डन्टले ९२ मत पाएका छन् भने ट्रसले पनि ८६ मत प्राप्त गर्न सफल भएकी छन् । तर सधैं झैं ऋषि सुनकले ठूलो अग्रता कायम राखेका छन् । अब बुधबार कुन दुई नेता बेलायतको प्रधानमन्त्री बन्ने नजिक पुग्छन् भन्ने प्रष्ट हुनेछ ।
अब प्रधानमन्त्रीको यो दौडमा ऋषि सुनक अगाडि रहनु नै ठूलो कुरा हो । हालै बोरिस जोनसनले सुनकलाई प्रधानमन्त्रीको रुपमा हेर्न नचाहेको खबर आएको थियो । उनी अरु उम्मेदवारलाई समर्थन गर्न तयार छन् तर सुनकलाई प्रधानमन्त्री देख्न चाहँदैनन् । बोरिसका अनुसार ऋषि सुनककै कारण उनको प्रधानमन्त्रीको कुर्सी गयो । यसका लागि सुनकले विगत केही महिनादेखि तयारी गरिरहेको दाबी पनि गरिएको छ ।
बोरिस जोनसनले लिज ट्रसलाई पूर्ण समर्थन गरिरहेको बताइएको छ । जोनसनका नजिकका व्यक्तिहरूले पनि केयरटेकर प्रधानमन्त्री ऋषि सुनकलाई लिएर धेरै उत्साहित नभएको तर आफूले धोका दिएको महसुस गरेको बताएका छन्।
बेलायतको प्रधानमन्त्रीको दौडको कुरा गर्दा दुई जना मात्रै उम्मेदवार मैदानमा रहँदा यो भिडन्त थप रोचक हुनेछ । वास्तवमा अहिले बेलायतमा टोरी पार्टीको सरकार छ । यो दौडमा दुई जना मात्र उम्मेदवार बाँकी रहँदा उनीहरू कन्जरभेटिभ पार्टीका सदस्यहरूसँग भोट लिन देशभर जानेछन्। दुवै उम्मेदवारमा जो कोही पार्टीको नेता बन्छन्, उनी देशको प्रधानमन्त्री हुनेछन् र बोरिस जोनसनको स्थान लिनेछन्।







डिसी नेपाल







Facebook Comment