भारतकी राष्ट्रपति निर्वाचित हुनै लागेकी द्रौपदी मुर्मुविरुद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौं । कर्नाटक कांग्रेसले मंगलबार एनडीएको राष्ट्रपति पदकी उम्मेदवार द्रौपदी मुर्मु र अन्य भाजपा नेताहरू विरुद्ध निर्वाचन आयोगमा उजुरी दायर गरेको छ।
कांग्रेसले जुलाइ १८ मा भएको राष्ट्रपति निर्वाचनमा कानूनको प्रावधान उल्लंघन गरेको आरोप लगाएको छ । कांग्रेसले राष्ट्रपति चुनावका लागि बेंगलुरुमा द्रौपदी मुर्मुको पक्षमा परेका सबै मतहरूलाई स्वतन्त्र र निष्पक्ष चुनावको हितमा अवैध मान्न रिटर्निङ अफिसरलाई निर्देशन दिनु पर्ने माग गरेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment