पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई १४ दिने भ्रमण पासः सिंगापुर

डिसी नेपाल
५ साउन २०७९ ११:१८
756
Shares

सिंगापुर। सिंगापुरले श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई १४ दिने भ्रमण पास प्रदान गरेको जनाएको छ।

जुलाई १४ मा ‘निजी भ्रमण’मा देश प्रवेश गरेपछि छोटो अवधिको भ्रमण पास प्रदान गरेको सिंगापुरका अध्यागमन अधिकारीहरूले जनाएका छन् । ७३ वर्षीय राजापाक्षे १३ जुलाईमा श्रीलंकाबाट माल्दिभ्स र त्यसपछि सिंगापुर भागेका थिए। आर्थिक संकट निम्त्याएको आरोप लगाउँदै सरकारविरुद्ध जनआन्दोलन चर्किएपछि उनले राजीनामा दिएका थिए।

राजापाक्षको सिंगापुर भ्रमणको बारेमा जारी गरिएको विज्ञप्तिमा उनलाई आगमनमा छोटो अवधिको भ्रमण पास (एसटीवीपी) प्रदान गरिएको जनाइएको छ।  उनी १४ सिंगापुरमा पुगेपछि राजापाक्षेलाई १४ दिने भिजिट पास प्रदान गरेको दी स्ट्रेस टाइम्स पत्रिकाले जनाएको छ। राजापाक्षेले शरण नमागेको र उनलाई शरण नदिइएको विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *