स्पेनमा तातो हावाका कारण १० दिनमा ५ सय जनाको मृत्यु

डिसी नेपाल
५ साउन २०७९ ११:२६
68
Shares

म्याड्रिड। अत्यधिक गर्मीका कारण स्पेनमा १० दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सो जानकारी दिएका हुन्। पछिल्ला दिनमा स्पेनमा अत्यधिक गर्मी रेकर्ड गरिएको छ।

‘ताप लहरका कारण १० दिनमा ५ सय भन्दा बढी मानिसको मृत्यु भएको छ’, उनले भने, ‘म नागरिकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह गर्दछु।’
पछिल्लो समयमा पश्चिमी युरोपको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *