रहेन संसारकै बुढो पाण्डा
हङ्कङ। संसारको सबैभन्दा बुढो पाण्डा मरेको छ। मानव हेरचाहमा रहेको संसारको सबैभन्दा बुढो पाण्डा एन एनको बिहीबार ३५ वर्षको उमेरमा मरेको हो। उक्त पाण्डा मानिसका लागि १०५ वर्ष बराबर रहेको हङकङ थिम पार्कले जनाएको छ।
एन एनको स्वास्थ्य विगतका केही हप्ताहरूमा लगातार खराबी हुँदै गएको थियो। उसले थोरै खान थालेको उक्त पाण्डा बस्दै आएको ओसियन पार्कले जनाएको छ । सो पाण्डा उक्त पार्कमा सन् १९९९ देखि बस्दै आएको थियो।
एन एन र जिया जियालाई चिनियाँ सरकारले उपहार दिएको थियो । जिया जिया (पोथी) सन् २०१६ मा ३८ वर्षको वर्षको उमेरमा मरेको थियो । ‘एन एन गुमाएको घोषणा गर्दा ओसन पार्क दुःखी छ’ पार्कले एक विज्ञप्ति मा भनेको छ।
पार्कले ओसन पार्कलाई पाण्डा संरक्षणको लागि महत्त्वपूर्ण आधार बन्न मद्दत गरेकोले जिया जिया र एन एनको हेरचाह गर्ने अवसरको लागि आभारी भएको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment