इराकमा ठूलो संख्यामा नेपाली भएको ठाउँमा गोलीबारी, ९ जनाको मृत्यु, २३ घाइते

डिसी नेपाल
५ साउन २०७९ १३:०२
2.1k
Shares

काठमाडौं । इराकमा ठूलो संख्यामा नेपाली रहेको ठाउँ कुर्दिस्तान क्षेत्रको एउटा पार्कमा भएको गोलाबारीमा नौ सर्वसाधारणको मृत्यु भएपछि इराक र टर्कीबीच कूटनीतिक विवाद चर्किएको छ ।

मृत्यु हुनेमा अधिकांश इराकी पर्यटक थिए । यसमा बालबालिका पनि परेका थिए । गोली प्रहारको यस घटनामा कम्तीमा २३ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूले यसका लागि टर्की सेनालाई दोष दिएका छन् र इराकले टर्कीबाट आफ्नो कूटनीतिक प्रतिनिधि फिर्ता बोलाएको छ। यससँगै बग्दादस्थित टर्कीका राजदूतलाई पनि माफी माग्न बोलाइएको छ ।

इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीले आक्रमणलाई इराकको सार्वभौमसत्तामाथिको आक्रमण भनेका छन् । यसैबीच टर्कीले कुर्दिस्तान वर्कर्स पार्टीसँग सम्बन्धित व्यक्तिहरूले यो घटना गराएको बताएको छ।

इराकको सरकारी टेलिभिजनले इराकको कुर्दिस्तान क्षेत्र र टर्कीको सीमामा रहेको जाखो सहरको एउटा पार्कमा भारी गोलाबारी भएको जनाएको छ ।

कुर्दिश स्वास्थ्य मन्त्रीका अनुसार मारिनेमा एक वर्षका बालक पनि रहेका छन् । आक्रमणमा घाइते भएका एक व्यक्तिले एएफपी समाचार एजेन्सीलाई भने: “हाम्रा युवाहरू मरेका छन्, हाम्रा बालबालिकाहरू मरेका छन्। हामी कहाँ जान्छौं, हामीसँग भगवान मात्र बाँकी छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *