अष्ट्रेलियाको जन्मदर घट्यो

डिसी नेपाल
६ साउन २०७९ २३:३७
104
Shares

क्यानबेरा । अष्ट्रेलियाको जन्मदर निरन्तर घटिरहेको सरकारी तथ्याङ्ले देखाएको छ । देशको जन्मदर १० वर्ष यताकै न्यूनस्तरमा झरेको सरकारी तथ्याङ्ले देखाएको हो ।

अष्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआईएचडब्ल्यु)ले आज सार्वजनिक गरेको विवरणअनुसार सन् २००७ मा प्रति एक हजारमा ६६ जना महिलाले बच्चा जन्माएकामा सन् २०२० मा त्यो दर घटेर ५६ कायम भएको छ ।

कोभिड–१९ महामारीको पहिलो महिनाको तथ्याङ् प्रस्तुत गर्दै एआईएचडब्ल्युले सन् २०१९ र २०२० को बीचमा शिशुजन्ममा २.३ प्रतिशतले गिरावट आएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *