अष्ट्रेलियाकी महिला पत्रकारले तालिवानमाथि गम्भीर आरोप लगाइन्
काठमाडौं । अफगानिस्तानमा कार्यरत एक अस्ट्रेलियाली महिला पत्रकारले तालिवानमाथि गम्भीर आरोप लगाएकी छन् । फरेन पोलिसी पत्रिकाकी पत्रकार लिन ओडोनेलले तालिवानले उनलाई हिरासतमा लिएको बताएकी छन् । उनका अनुसार उनलाई गाली गरी जेल हाल्ने धम्की दिइयो ।
उनले तालिबानले आफूले तालिबानका बारेमा लेखेका लेख झूटा भएको भन्दै ट्वीट गर्न बाध्य पारेको आरोप लगाइन् । पत्रकार लिन ओडोनेलले ट्वीटरमा लेखेकी छिन्, तालिबान इन्टेलिजेन्सले माफी माग्दै ट्वीट गर्नुपर्ने नत्र जेल जानुपर्ने बताएको थियो ।
साथै, उनले ट्विट सम्पादन गर्न, डिलिट गर्न धेरै पटक जबरजस्ती गरेको । र नगर्दा जबरजस्ती भिडियो बनाएको बताइन् । लिन ओडोनेलले लामो समय अफगानिस्तानलाई कभर गरेकी छिन्। त्यसयता उनले अफगानिस्तान छाडेकी छिन् ।
तालिबानले उनलाई गिरफ्तार गरेको पुष्टि गरेको छ र उनले झुटो रिपोर्ट गरेको बताएको छ । बीबीसीसँग कुरा गर्दै लिन ओडोनेलले करिब एक वर्षअघि देश छोडेपछि देशमा कस्तो परिवर्तन आएको छ भनी हेर्न आफू काबुल गएको बताइन्।
उनीहरूले मलाई अफगानिस्तानको कानुन तोडेको र उनीहरुको संस्कृतिमा ठेस पुर्याएको आरोप लगाए । मैले अफगानिस्तानमा एलजीबीटीक्यु र तालिबान अतिवादीहरूको जबरजस्ती विवाहको बारेमा लेखहरू लेखें। तालिबानले ती लेखहरू गलत र झुटो भएको बताएको छ।
उनले भनिन् कि तालिवानले उनलाई आफ्नो स्रोत खुलाउन आग्रह गरे तर उनले अस्वीकार गरिन् । लिन ओडोनेल अफगानिस्तानमा समाचार एजेन्सी एएफपी र एपीको ब्यूरो प्रमुख थिइन् ।







डिसी नेपाल







Facebook Comment