५ तला माथिबाट खसिन् बालिका, ‘सुपरहिरो’ले हावामै ‘क्याच’ गरे (भिडियो)
काठमाडौं । पाँचौं तलाबाट लडेकी दुई वर्षीया निर्दोष बालिकालाई भुइँमा खस्नुअघि नै समातेर एक व्यक्ति नायक बनेका छन् । अहिले उनलाई सामाजिक सञ्जालमा ‘सुपर हिरो’ भनेर मानिसहरुले सम्बोधन गरिरहेका छन् । यो घटना चीनमा भएको हो । यो घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
झेजियाङ प्रान्तका ३१ वर्षीय सेन डोङ टोङजियाङमा कार पार्क गरेर सडकबाट जाँदै थिए । उनी नजिकैको बैंकमा काम गर्छन् । गाडी पार्क गरेपछि उनले ठूलो आवाज सुने । एउटी बालिका स्टिलको छतमा खसिन् । यसपछि उनी पहिलो तलाको छेउमा खसेकी थिइन् । शेनले बालिकालाई सडकमा लड्नु अघि हावामै समाते ।
पहिलो तल्लाको टेरेसको छेउमा खसेको बेला बच्चा भएको थाहा नभएको शेनले क्वानजियाङ इभनिङ न्यूजलाई बताए। शेनले समयमै बच्चालाई समातेर आफू भाग्यमानी भएको बताए । यदि उनले यो गर्न नसकेको भए उनलाई धेरै नराम्रो लाग्थ्यो। यदि शेन घटनास्थलमा नभएको भए बच्चालाई जे पनि हुन सक्थ्यो।
यो डरलाग्दो घटनाको फुटेज स्थानीय पुलिसले वेइबोमा जारी गरेको छ। वेइबो माइक्रोब्लगिङ साइट ट्वीटर को चिनियाँ संस्करण हो। उनको भिडियो सार्वजनिक भएपछि वेइबो प्रयोगकर्ताहरुले उनलाई ‘सुपर हिरो’ भन्दै सम्बोधन गरिरहेका छन् । उक्त दुर्घटनामा बालिका घाइते भएकी छिन् ।
बालिकाको खुट्टा र फोक्सोमा चोट लागेको छ । बालिकाको अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर रहेको छ । त्यही क्रममा बच्चालाई समात्ने क्रममा शेनको मोबाइल पनि फुट्यो ।







डिसी नेपाल







Facebook Comment