तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
आजको कारोबारमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स कम्पनी र मल्टी प्रपोज फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। यि तिनवटै कम्पनीको सेयर भाउ १० प्रतिशतले वृद्धि भएको हो।
सेन्ट्रल फाइनान्सको सेयर मूल्य ३३ रुपैयाँ ५० पैसाले बढेर ३ सय ६८ रुपैयाँ ५० पैसा पुगेको छ। यस्तै, समृद्धि फाइनान्सको सेयर मूल्य प्रतिकित्ता २२ रुपैयाँ ५० पैसाले बढेर २ सय ४७ रुपैयाँ ५० पैसा र मल्टी प्रपोज फाइनान्सको सेयर मूल्य प्रति तोला २५ रुपैयाँ १० पैसाले बढेर २ ७६ रुपैयाँ १० पैसा पुगेको छ । मार्केट डेपमा यी तीन कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment