एक वर्षमा नेपालीले प्रयोग गरे ३८ अर्बभन्दा बढीको मोबाइल फोन

डिसी नेपाल
९ साउन २०७९ १२:०४
44
Shares

काठमाडौं। नेपालले एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ। गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले उक्त रकम बराबरको मोबाइल फोन आयात गरेको हो।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्को अवधिमा नेपालले ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ। उक्त मूल्यमा नेपालमा ५५ लाख ८६ हजार ५७८ वटा मोबाइल सेट भित्रिएको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको ७० लाख ३० हजार ३६६ वटा मोबाइल सेट आयात गरेको थियो।

नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत, बंगलादेश, युनाइटेड अरब इमिरेट्स (युएई), अमेरिका र भियतनामबाट आउने गरेका छन्। गत आर्थिक वर्ष चीनबाट मात्र नेपालमा २२ अर्ब ७७ करोड ९१ लाख ८९ हजार रुपैयाँको मोबाइल फोन भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.