सिराईचुली होटल र एनपिआई नारायणी सामुदायिक अस्पतालमा गरिमा विकास बैंकका ग्राहकलाई विशेष छुट

डिसी नेपाल
१० साउन २०७९ १२:३१
40
Shares

काठमाडौँ। गरिमा विकास बैंकले पर्यटकिय जिल्ला चितवनको भरतपुरमा अवस्थित ‘सिराईचुली होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’सँग सम्झौता गरेको छ। होटल र अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट दिने सम्बन्धि सम्झौता गरेका हुन्।

सम्झौतापत्र अनुसार बैंकको डेविट कार्ड र गरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले ‘सिराई होटल’बाट रुम तथा ब्रेकफास्टमा २५ प्रतिशतसम्म र फुड एण्ड वेभरेजमा १० प्रतिशत छुट पाउन सक्नेछन्। साथै, ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा आर्कषक १०प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.