बिरामी गर्लफ्रेण्डले घर बेचेर जम्मा गरेको २ करोड चोरेर ब्वायफ्रेण्ड भागे, अर्कीसँग बिहे गरे
काठमाडौं । एक पुरुषकी प्रेमिका बिरामी थिइन्, तर उनले प्रेमिकाको खाताबाट गोप्य रूपमा पैसा चोरिरहेका थिए। यो दुष्टता यहीं रोकिएन र उनले अर्की युवतीसँग विवाह समेत गरे । हालै यस विषयमा अदालतमा सुनुवाइ भएको थियो ।
विलियम डन (६९) ले आफ्नी प्रेमिका लिन्डा ग्रान्ट (६३) को खाताबाट करिब २ करोड रुपैयाँ (१ लाख २० हजार पाउण्ड) चोरेको आरोप छ । त्यसपछि उनले करेन डोलन नामकी महिलासँग विवाह गरे। लिन्डाले आफ्नो खातामा रहेको पैसा घर बेचेर बचत गरेको दावी गरेकी छिन् ।
पेस्ले शेरिफको अदालत (युके) मा सुनुवाईको क्रममा लिन्डाले विलियम डनलाई ‘पावर अफ अटर्नी’ दिएको पाइयो । जसका कारण डनले पैसा निकाल्न सकेका थिए । लिन्डाले अदालतमा भनिन्– ‘पावर अफ अटर्नी’को बारेमा आफूलाई जानकारी थिएन । तर, डनले यी सबै आरोप अस्वीकार गरेका छन् । डनमाथि २६ मे २०१५ देखि १ मार्च २०१७ सम्म झण्डै २ करोड हिनामिना गरेको आरोप छ ।
अदालतको सुनुवाईमा भनिएको छ कि यी सबै गर्दा लिन्डा धेरै स्वास्थ्य समस्याबाट ग्रसित थिइन्, उनको मस्तिष्कमा चोट लागेको थियो। लिन्डा एल्डर्सली (रेन्फ्रुशायर) मा डनको घरमा सरेकी थिइन्। यहाँ पुगेपछि दुवैले जीवनभर यहीँ बिताउने योजना बनाएका थिए ।
यसै क्रममा लिण्डाले आफ्ना छोराछोरीलाई आफू मरेमा डनलाई ४० हजार पाउण्ड दिनुपर्ने बताएकी थिइन् । तर जब डनले गोप्य रूपमा अर्की महिलासँग विवाह गरे, लिन्डाका छोराछोरीहरू पनि छक्क परे। लिन्डाकी छोरी गिलियनले सन् २०१६ मा डनको नयाँ प्रेम सम्बन्ध सुरु भएको थाहा पाएको बताइन् । जब उनकी आमा केयर होम गएकी थिइन् ।
डनलाई उनका वकिलले अदालतमा उद्धृत गर्दै भनेका थिए, उनले (डन) लिन्डा र उनको छोरासँग ‘सम्पत्ति कम देखाउने’ बारे कुरा गरेका थिए ताकि केयर होममा खर्च भइरहेको पैसाबाट छुटकारा पाउन सकियोस् । डनले लिन्डाको पैसा आफूले लगानी गरेको दाबी गरे।
लिन्डाले डनको लगानी र अन्य सबै दावीहरू अस्वीकार गरिन्। उनले अदालतमा भनिन्– यसबारे आफूलाई कुनै जानकारी थिएन । केयर होमबाट फर्किएपछि उनको खातामा निकै कम पैसा रहेको पनि लिन्डाले अदालतलाई बताइन् । घर बेचेर बचत खातामा जे थियो, त्यो सबै गायब भयो । यस मुद्दाको सुनुवाई अदालतमा जारी रहनेछ।







डिसी नेपाल







Facebook Comment