४३८ जनामा कोरोना सङ्क्रमण पुष्टी, दुईको मृत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १ हजार ६९९ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या हालसम्म नौ लाख ८६ हजार १०० पुगेको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सङ्क्रमितको सङ्ख्या एक लाख ४२ हजार ५०९ रहेको छ । पछिल्लो समय थप २७७ जना सङ्क्रमणमुक्त भएका छन् ।
त्यसैगरी पछिल्लो समय ५८ हजार ५५९ जनाले खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ३६९ रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment