चिनियाँ रकेटको भग्नावशेष पृथ्वीमा खस्यो
न्युयोर्क। चिनियाँ रकेटको भग्नावशेष हिन्द र प्रशान्त महासागरमा खसेको अमेरिकी र चिनियाँ अधिकारीले जनाएका छन्। यसअघि अन्तरिक्ष विज्ञहरूले चीनको अन्तरिक्ष एजेन्सीमा रकेट अवतरणको सम्भावना रहेको भन्दै लङ मार्च ५ का अधिकांश अवशेष वायुमण्डलमा जलेको बताएका थिए।
अन्तरिक्ष विज्ञहरूले जनसंख्या भएको क्षेत्रमा रकेट अवतरणको सम्भावना निकै कम रहेको बताएका थिए। प्रशान्त महासागरमा रहेको सुलु सागरलाई पुनः प्रवेश गर्ने स्थानको रूपमा पहिचान गरेका थिए।
रकेटको कोर स्टेजको अनियन्त्रित फिर्तीले अन्तरिक्ष फोहरको जिम्मेवारीको बारेमा सर्वत्र प्रश्न खडा गरेको छ। एक ट्वीटमा अमेरिकी अन्तरिक्ष कमाण्डले लङ मार्च ५ हिन्द महासागरमा पुनः प्रवेश गरेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment