२५ वर्षकी महिला जेलरलाई मायाजालमा फसाएर कैदीले जेलभित्र गरे मस्ती
काठमाडौं । एक महिला जेलर आफ्नै जेलमा रहेका एक कैदीसँग प्रेममा परिन्। प्रेममा परेकी महिला जेलरले कैदीका लागि कैयौं आइफोन तस्करी गरिन् । उनीहरुबीच धेरै कुराकानी भयो । तस्करीका सामान लुकाउनका लागि जेलरले जेलमा कहिले चेकिङ हुन्छ भन्ने कुरा पनि प्रेमीलाई जानकारी दिन्थिन् । तर अहिले यी जेलर आफै जेलभित्रै सजाय काटिरहेकी छिन् ।
महिला जेलर एम्मा जोनसनलाई डर्बी क्राउन कोर्ट (युके) का न्यायाधीश जोनाथन बेनेटले १५ महिनाको जेल सजाय सुनाएका छन्, जबकि उनी पनि उनको कामबाट बर्खास्त भएकी छिन्। एम्माका प्रेमी मार्कस सोलोमनलाई पनि १३ महिनाको जेल सजाय सुनाइएको छ।
न्यायाधीशले आफ्नो फैसलामा भने, ‘म स्वीकार गर्न सक्छु कि तिमी कैदीको प्रेममा परेकी छौ तर जेलरले आफ्नो काम गर्वका साथ गर्छन् । विश्वासको यसरी दुरुपयोग हुँदा त्यस्ता व्यक्तिलाई पनि कारबाही हुनुपर्छ ।’
संसदले अपराध घोषणा गरे पनि कैदीहरूले मोबाइल प्रयोग गरिरहेको न्यायाधीशले बताए । मोवाइल फोनको तस्करी ठूलो संख्यामा भएको छ ।
अदालतमा सोधपुछको क्रममा जेलर एम्मा जोन्सन र कैदी मार्कस सोलोमनबीच धेरै कुरा भएको पनि खुलेको छ । मार्कस जेलभित्रै तस्करीका फोन बेच्ने गर्दथे । यसबाट कमाएको पैसा जोनसनको खातामा गयो । दुवैको म्यासेज अदालतभित्र प्रस्तुत गरिएको थियो, जसमा दुवैले विभिन्न किसिमका आइफोन किन्ने र बेच्ने कुरा गरिरहेको स्पष्ट थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment