५४.५८ अंकले बढ्यो नेप्से, साढे चार अर्बमाथिको कारोबार

डिसी नेपाल
१५ साउन २०७९ १५:२४
72
Shares

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आज नेप्से ५४.५८ अंकले बढेर २ हजार १९५.१० विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ६० करोड ९९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज ३१ करोड ३४ लाखभन्दा बढीको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसुचकमध्ये फाइनान्स उप[उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा नेपाल इन्स्योरेन्स र नेको इन्स्योरेन्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, गुडविल फाइनान्सको ऋणपत्र र नेसनल हाइड्रोपावरका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.